राजनीति
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच एक चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति
बुधबार, १० मङ्सिर २०८२, १८ : २५
१
सारांश
- उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा एकल चुनाव चिह्न लिएर भाग लिने सहमति गरेका छन्।
- उज्यालो नेपाल पार्टीको 'बलेको चिम' चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाइनेछ।
- वैकल्पिक शक्तिहरू एकताबद्ध हुँदै निर्वाचनमा जाने प्रयास स्वरूप यो समझदारी भएको हो।
काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबिच एकल चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ ।
उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाएर निर्वाचनमा भाग लिने समझदारी बनेको उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले रातोपाटीलाई जानकारी दिए ।
उनले वैकल्पिक शक्तिहरू एकताबद्ध हुँदै निर्वाचनमा जाने प्रयास स्वरूप हाम्रो पार्टी नेपालसँग समझदारी बनेको बताउँदै अन्य दलहरूसँग पनि सहकार्यका लागि छलफल चलिरहेको बताए ।
उनका अनुसार एकल चुनाव चिह्नमा भएको समझदारीसहित पार्टीको आगामी योजनाबारे जानकारी दिन बुधबार नै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण