वैकल्पिक शक्ति निर्माणको ‘होमवर्क’, १२ दलसँग छलफलमा रास्वपा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक शक्ति निर्माणका लागि विभिन्न दलहरूसँग छलफल सुरु गरेको छ।
- रास्वपाले उज्यालो नेपाल पार्टी, विवेकशील साझा पार्टीसहित १२ दलसँग सहकार्यबारे छलफल गरिरहेको छ।
- पार्टीले पुसको पहिलो हप्तासम्म सबै विकल्पमा निर्णय लिने जनाएको छ।
काठमाडौँ । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा वैकल्पिक शक्ति निर्माण गर्न ‘होमवर्क’ थालिएको छ ।
रास्वपाले नयाँ र वैकल्पिक राजनीतिक शक्तिसँग एकता र सहकार्यलाई उच्च प्राथमिकतामा राख्दै सोहीअनुसार छलफल थालेको हो । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी, विवेकशील साझा पार्टीसहित आयोगमा दर्ता भएका १२ दलसँग घनिभूत छलफल भइरहेको बताए । यस्तै जेनजीका विभिन्न समूहसँग पनि वैकल्पिक शक्ति निर्वाचनका लागि छलफल चलिरहेको जानकारी दिँदै छिट्टै निकास निस्कने विश्वास व्यक्त गरे ।
रास्वपाको मंगलबार बसेको सचिवालय बैठकमा राजनीतिक संवाद समितिका संयोजक समेत रहेका उपसभापति डा. स्वर्णिम वाग्लेले यस सम्बन्धमा हालसम्म भएका प्रगति विवरण पेस गरेका थिए । वाग्लेले पेस गरेको प्रस्तावका आधारमा सचिवालयले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
‘जेनजी विद्रोहमा नैतिक समर्थन गने बाहेक सबै प्रतिगामी शक्तिलाई निर्वाचनबाटै परास्त गर्नेगरी पार्टीले सबै वैकल्पिक शक्तिसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ’, उनले भने, ‘यस विषयमा राजनीतिक संवाद समितिले निर्वाचन अयोगमा दर्ता भएका नयाँ दलहरूसँग छलफल जारी राखेको छ ।’ सबै पक्षसँग छलफल गरेर पुसको पहिलो हप्तासम्म निर्णयमा पुग्नेगरी अघि बढिएको उनको भनाइ थियो ।
बुर्लाकोटीले चुनावी गठबन्धन वा सहकार्य गरेर जाने विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समूह, जेनजी अभियन्ता सुदन गुरुङ समूहसँग सकारात्मक छलफल भएको छ । यस्तै कुलमान घिसिङ संरक्षक रहेको पार्टीसँग पनि संवाद सकारात्मक ढङ्गले अघि बढेको उनको भनाइ थियो ।
यस्तै उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले पनि रास्वपासँग तालमेल वा सहकार्यका लागि विभिन्न चरणमा छलफल भइसकेको पुष्टि गरे । ‘हामी रास्वपासँग छलफलमा छौँ । एकता वा तालमेल गरेर जानेबारे सकारात्मक ढङ्गले कुरा अघि बढेको छ’, उनले बुधवार बिहान रातोपाटीसँग भने । उनले अन्य पार्टी वा समूहसँग समेत तालमेल वा एकताबारे छलफल चलिरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण