रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइयो (तस्बिरहरू)
सारांश
- रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याइयो, जहाँ उनलाई ६ महिना राखिनेछ।
- गुठियारहरू, पुजारी र सुरक्षाकर्मीको उपस्थितिमा बाजागाजासहित मच्छिन्द्रनाथलाई खटमा राखेर पाटन ल्याइयो।
- किंवदन्तीअनुसार, मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि अनिकाल हटेको र वर्षा भएको विश्वास छ।
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट आज पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन, ६ महिना बुङ्गमती राखिने चलनअनुसार आज तःबहाल ल्याइएको हो ।
_zzZCUD9EOF.jpg)
गुठियारहरूले निकालेको विशेष साइत अनुसार बुङ्गमती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितामा बाजागाजासहित खटमा बोकेर पाटन ल्याइएको हो ।
_H15RckT9eR.jpg)
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथ चक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारु कामाक्षबाट नेपाल ल्याएको भनाइ छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_EpFh6BCvXo.jpg)
_vCS3orZgbO.jpg)
_Fn3B98mpJi.jpg)
_A2GobrkLty.jpg)
_1oQZdx9iOl.jpg)
_2641IGAbbh.jpg)
_JHa47px3yj.jpg)
_0SpUip7cmf.jpg)
_m6ScwnpmIN.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण