नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा
बुटवल । नेपाली कम्युनिस्ट पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण भएपछि नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले मिलेका सांसद रहेका दलहरूको बैठक बसेर दलको नेता चयन गरेको जानकारी प्रदेश सभालाई दिएको रातोपाटीलाई बताए ।
एकीकरणपछि लुम्बिनीमा बसेको पहिलो संयुक्त बैठकले लुम्बिनी प्रदेशसभामा संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।
जस अनुसार दलको नेतामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता समेत रहेका महरा, प्रमुख सचेतकमा इन्द्रजीत थारू र सचेतकमा नेकपा (एकीकृत समाजवादी) की भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
लुम्बिनी प्रदेश सभामा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट सभामुखसहित ११ र नेकपा (एकीकृत समाजवादी) बाट एक सांसद थिए ।
केन्द्र र समाजवादी पार्टी एकीकरणपछि लुम्बिनी प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी १२ सांसदसहित प्रदेश सभाको तेस्रो शक्तिको रूपमा छ ।
लुम्बिनी प्रदेशमा जम्मा ८७ सदस्यीय प्रदेशसभा एक सांसदको निधनपछि ८६ मा झरेको छ । एमाले २८ सांसदसहित पहिलो, नेपाली कांग्रेस २७ सांसदसहित दोस्रो, राप्रपा–नाउपा मिलेर चौथो, जनमत, लोसपा, जसपा तथा अन्य साना दल पछिल्ला स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण