फिलिपिन्समा सडक दुर्घटना, ११ जनाको मृत्यु, ३ घाइते
बुधबार, १० मङ्सिर २०८२, १८ : ४२
सारांश
- फिलिपिन्समा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भयो र ३ जना घाइते भए।
- प्रहरीका अनुसार दुर्घटना एउटा ट्रक यात्रु भ्यानसँग ठोक्किएर भएको थियो।
फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएका छन् । यसैगरी अन्य ३ जना घाइते भएका छन् । प्रहरीले १० पाङ्ग्रे ट्रक यात्रु भ्यानसँग ठोक्किँदा यो दुर्घटना भएको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा बिहान करिब ९ बजे भएको हो। भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको देखिएको छ ।
उद्धारकर्ताहरूले घाइतेहरूलाई पूर्ण रूपमा ध्वस्त भएका सवारी साधनबाट निकाल्न घण्टौं काम गर्नु परेको जनाएका छन्। प्रहरीले ट्रकको ब्रेक फेल हुँदा यो घटना भएको जनाएको छ ।
घटनामा ट्रक चालक र सहायक समेत घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण