एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छ: रञ्जित कुमार
सारांश
- रञ्जित कुमारले एनपिएलमा विदेशी खेलाडीबाट धेरै सिक्ने अवसर पाएको बताए ।
- उनले डेब्यु खेलमै पाँच विकेट लिए, जसले गर्दा विराटनगर किङ्सको यात्रा रोकियो ।
- विराटनगरका प्रशिक्षकले ब्याटिङ नचल्दा हार व्यहोरेको र आगामी खेलमा फर्किने बताए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन् ।
बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, “विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले पनि सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।”
कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उनले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिए । कुमारले भने, “मैदानमा आउँदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।”
बुधबार सम्पन्न विराटनगर किङ्ससँगको खेलमा उनले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पारे । १९ वर्षीय देब्रे हाते स्पिनर बलर रहेका रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किंग्सको यात्रामा ब्रेकसमेत लाग्यो । उनी ‘प्लेयर अफ दी म्याच’ समेत भए ।
लगातार तीन खेल जितेको विराटनगर चौथो खेलमा चितवनसँग पराजित भयो । पराजित भएपछि विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउँदै आगामी खेलमा पुनरागमन गर्ने बताए । उनले नेपाली क्रिकेटको प्रशंसा गर्दै एनपीएल नवयुवा खेलाडीका लागि राम्रो प्लेटफर्म रहेको धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण