१४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु
७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम
बिहीबार, ११ मङ्सिर २०८२, ०७ : ४२
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ।
- कार्यालयले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ, अन्यथा कालोसूचीमा राखिनेछ।
- सार्वजनिक निकायको ठेक्का सम्झौताअनुसार काम नगरेका कारण उनीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ।
कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राख्नु नपर्ने कुनै आधार र प्रमाण भए ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ।
विभिन्न सार्वजनिक निकायहरूले दिएको ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै ती निकायहरूले निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न अनुगमन कार्यालयमा लेखि पठाएको सूचनामा उल्लेख छ ।
तोकिएको मितिभित्र कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण नबुझाएमा यी कम्पनीहरूलाई कानुन बमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण