लन्डनमा नेपाली स्वाद पस्किरहेका सुलभ
काठमाडौँ । विश्वभरका पर्यटकको मुख्य आकर्षण बन्ने लन्डनस्थित टावर ब्रीजलगायतका क्षेत्रहरूमा क्रिसमसलक्षित बजार सुरु भएको छ ।
चारैतिर झिलिमिली बत्तीहरू, चिसो सिरेटो र हजारौँ पर्यटकको भीड । यही भीडकोबिचबाट आउने एउटा विशेष बास्नाले भने जो–कोहीलाई टक्क अड्याउँछ । यो बास्ना हो– नेपाली मःम र गोर्खा सुपको ।
लन्डनको यो विश्व प्रसिद्ध क्रिसमस बजारमा 'टेष्ट अफ नेपाल’ मार्फत मःम चाउमिन र गोर्खा सुप जस्ता नेपाली परिकारहरू पस्कन व्यस्त छन् सुलभ श्रेष्ठ ।
हातमा तातो मःम र गोर्खा सुप लिएर विदेशी पर्यटकहरू फोटो खिच्न र टिकटक बनाउन मस्त देखिन्छन्। त्यसो त यहाँका स्थानीय नेपालीहरूको चहलपहल पनि कम छैनन् ।
लन्डनको सदक स्टेशनस्थित ब्ल्याक फायर रोडमा ‘टेष्ट अफ नेपाल’ नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठ विगत चार वर्षदेखि टावर ब्रीज क्रिसमस बजारमार्फत पनि नेपाली स्वाद विश्वभरका पर्यटकमाझ पुर्याउन व्यस्त छन् ।
करिब तीन स्क्वायर मिटर क्षेत्रमा सञ्चालित यो स्टल टावर ब्रीज क्षेत्रमा रहेको एक मात्र नेपाली स्टल हो, जहाँ विदेशी पर्यटक तथा स्थानीयहरू नेपाली मःम,हिमालयन चाउमिन तथा गोर्खा सुप जस्ता नेपाली परिकारको लागि लामो लाइन लागेर प्रतीक्षा गर्दछन् ।
लन्डनको अत्यन्तै व्यस्त र महँगो मानिने टावर ब्रीज क्षेत्रमा व्यवसाय सञ्चालन चुनौतीपूर्ण मानिन्छ । त्यहाँको डेढ महिनाको भाडा अन्य स्थानको एक वर्ष बराबर पर्ने सुलभको भनाइ छ । उनले भने,’चुनौती त ठुलो छ, तर नेपाली परिकारलाई विश्वमाझ चिनाउने उद्देश्यले हामीले निरन्तर ‘टेष्ट अफ नेपाल’ सञ्चालन गर्दै आएका छौँ। हामी मःमलाई प्राथमिकतामा राख्दै गोर्खा सुप, चाउमिन, हिमालयन थुक्पा लगायतका परिकार विक्री गर्दै आइरहेका छौँ।’
श्रेष्ठले ‘टेष्ट अफ नेपाल’लाई क्रिसमस बजारमै सिमित नराखी लन्डनका अन्य प्रमुख स्थानहरू—सेन्ट पल क्याथेड्रल नजिकै र लन्डन आइ वरपरको समर मार्केटमा पनि निरन्तर नेपाली प्रतिनिधित्व गर्दै आएका छन् ।
मःम उनले आफ्नै कारखानामा उत्पादन गर्छन् भने अन्य सामग्री नेपालबाटै ल्याइन्छ, जसले नेपाली स्वादको मौलिकता कायम राख्न मद्दत गर्छ । जाडोको मौसम भएकाले मःम र गोर्खा सुप धेरैको राेजाइमा पर्ने उनी बताउँछन् ।
खाद्य व्यवसायसँगै सुलभले विगत एक दशकदेखि ’नमस्ते ए टु जेड’ कार्गो सेवा पनि सञ्चालन गर्दै आएका छन्, जुन बेलायतमा नेपालीले सञ्चालन गर्ने सफल कार्गो व्यवसायमध्ये एक मानिन्छ ।
आफ्नो व्यवसायमार्फत उनले करिब दुई दर्जन बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका छन् । काठमाडौँका सुलभ सन् २००२ मा बेलायत आएका थिए। पछिल्लो डेढ दशकदेखि उनी ‘टेष्ट अफ नेपाल’ मार्फत नेपाली खानाको पहिचान र स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न समर्पित छन् ।
टावर ब्रीजजस्तो विश्व प्रसिद्ध स्थानमा नेपाली परिकारको उपस्थिति स्थापित गर्नुलाई प्रमुख उपलब्धि मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण