धर्मेन्द्रको निधनपछि हेमा मालिनीको भावुक पोस्ट – अब यादहरूको सहारा मात्र छ
नयाँ दिल्ली । बलिउडकी चर्चित अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीले बिहीबार आफ्ना दिवंगत पति धर्मेन्द्रलाई भावुक श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
इन्स्टाग्राममा एक पोस्टमा हेमा मालिनीले लेखेकी छिन्, ‘धर्मेन्द्र मेरा लागि सबै थोक थिए– साथी, दार्शनिक, मार्गदर्शक, कवि । जसको निधनबाट मेरो जीवनमा यस्तो कमी आएको छ जसलाई कहिल्यै भर्न सकिन्न ।’
सोमबार ८९ वर्षको उमेरमा धर्मेन्द्रको निधन भएपछि हेमाको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो ।
हेमा मालिनीले पोस्टमा धर्मेन्द्रलाई एउटा प्यारो पति र आफ्ना दुई छोरीहरू ईशा र आहानालाई माया गर्ने पिताको रुपमा स्मरण गरेकी छन् । उनको सरलता र सहज स्वभावले उनले आफ्नो परिवारका हरेक सदस्यको मन जितेको पनि उनले पोस्टमा लेखेकी छन् । सबै जनाप्रति उनको स्नेह र चासो सधैं स्पष्ट देखिने पनि उनले बताइन् ।
सार्वजनिक व्यक्तित्वको रूपमा उनी लोकप्रिय रहे पनि उनको प्रतिभा, उनको उदारता र सबै तप्काका मान्छेमाझ उननको अपीलले उनलाई सबै महान् व्यक्तिहरूमाझ एक अद्वितीय आइकन बनाएको पनि पोस्टमा हेमाले उल्लेख गरेकी छन् ।
धर्मेन्द्रको निधनले आफ्नो व्यक्तिगत क्षति वर्णन गर्न गाह्रो भएको भन्दै उनी गएपछिको शून्यता आफ्नो बाँकी जीवनभर आफूसँगै रहने उनको भनाइ छ । ‘यति धेरै वर्षको साथपछि अब मैले यादहरूको सहाराले ती खास पललाई फेरि जिउन पाउनेछु,’ उनले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण