बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीनलाई ट्रम्पले दिए राहत, यी सामानमा ट्यारिफ छुट

बिहीबार, ११ मङ्सिर २०८२, २० : २२
बिहीबार, ११ मङ्सिर २०८२

वासिङटन डीसी । अमेरिकाले चीनबाट आउने १७८ औद्योगिक तथा चिकित्सा सामानमा दिँदै आएको कर छुटलाई अरू एक वर्ष थप्ने निर्णय गरेको छ ।

यी छुटहरू २०२५ को नोभेम्बर २९ मा समाप्त हुँदै थियो । तर अब यो छुट २०२६ नोभेम्बर १० सम्मका लागि थपिएको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बताएको छ । 

नोभेम्बरको सुरुमा अमेरिका र चीनले व्यापार र आर्थिक मुद्दाहरूमा सम्झौता गरेपछि यो निर्णय आएको हो । यी छुटमा सौर्य प्यानल बनाउने  मेसिनरीसँग सम्बन्धित १४ उत्पादनहरू र विद्युतीय मोटरहरू, रक्तचाप मनिटर, पम्प पाट्र्स, अटो एयर कम्प्रेसरहरू र प्रिन्टेड सर्किट बोर्डसहित अन्य १६४ वटा औद्योगिक तथा चिकित्सा उत्पादनहरू समावेश छन् ।

यी सामानमा आयात शुल्कबाट छुट दिने वा उल्लेखनीय रूपमा शुल्क घटाइनेछ, जसले अमेरिकी कम्पनी र उपभोक्ताहरूलाई ठुलै राहत मिल्ने आशा गरिएको छ । 

चीनले पहिले ‘धारा ३०१’ अनुसन्धानलाई राजनीतिक बताएको थियो । यस अनुसन्धानमार्फत अमेरिकाले सामान्य व्यापारलाई राजनीतीकरण गरिरहेको चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका थिए । यसलाई  प्रवक्ताले पूर्णतया गलत र मनोमानी निर्णय भनेका थिए ।

विश्व व्यापार संगठन (डल्ब्यूटीओ) ले पहिले नै अमेरिकाले लगाएको यी धारा ३०१ शुल्कहरू डल्ब्यूटीओका नियमहरू विरुद्ध भएको फैसला गरेको थियो । 

ट्यारिफ छुटको समयावधि थप्ने अअमेरिकी निर्णयले चीन र अमेरिकाबिचको व्यापार तनाव केही हदसम्म कम भएको संकेत गरेको छ । अमेरिकी उद्योगहरूले सस्तो चिनियाँ मेसिनरी, चिकित्सा उपकरण र प्रविधि प्राप्त गर्न जारी राख्नेछन् । यो कदमले सौर्य उद्योगलाई उल्लेखनीय राहत दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप