यूएईको ‘फ्री जोन’ कलेजबारे गुनासो बढेपछि पीडित विद्यार्थीको विवरण संकलन सुरु
सारांश
- यूएईका कलेजमा समस्यामा परेका नेपाली विद्यार्थीको विवरण संकलन गर्न दूतावासले पोर्टल निर्माण गरेको छ।
- शैक्षिक परामर्श केन्द्रमार्फत पठाइएका विद्यार्थीले कक्षा नभएको, अनलाइन कक्षा मात्रै भएको गुनासो गरेका छन्।
- पीडित विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न र संकलित विवरण गोप्य राखिने दूतावासले जनाएको छ।
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न ‘फ्री जोन’ क्षेत्रमा रहेको कलेज, विश्वविद्यालय र तालिम केन्द्रमा पठाइएका नेपाली विद्यार्थीबाट बढ्दो गुनासासँगै अबुधाबीस्थित नेपाली राजदूतावासले पीडित विद्यार्थीको विवरण संकलन सुरु गरेको छ।
दूतावासले बिहीबार एक सूचना जारी गर्दै समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि पोर्टल निर्माण गरिदिन अनुरोध प्राप्त भए बमोजिम परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको जानकारी दिएको हो।
केही नेपाली शैक्षिक परामर्श केन्द्रमार्फत पठाइएका विद्यार्थीले मापदण्डअनुसार सञ्चालन नभएको कलेज, कक्षा नभई अपार्टमेन्टबाट पढाइ गरिएको, प्रतिबद्धता विपरीत अनलाइन कक्षा मात्रै भएको, सेवा–सुविधा नपाएको तथा रोजगारीका आश्वासन पूरा नभएका गुनासा आएको दूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
पीडित विद्यार्थीले उपलब्ध गराइएको लिंक वा क्युआर कोडमार्फत १५ दिनभित्र आफ्नो विवरण पेस गर्न दूतावासले अनुरोध गरेको छ।
संकलित विवरण कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गरिने सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण