शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
न्यायालय

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ

शुक्रबार, १२ मङ्सिर २०८२, ०६ : ४३
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
  • हिजो सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
  • कांग्रेसका सांसदसहित ७४ जनाले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध अदालतमा रिट दायर गरेका छन्।

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो यो मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ । 

मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा दर्ता भएको थियो । 

यसअघि रकी यादवसहितको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप