हङकङ आगलागी: मृत्यु हुनेको संख्या ९४ पुग्यो, सयौँ अझै बेपत्ता
शुक्रबार, १२ मङ्सिर २०८२, ११ : ४७
सारांश
- हङकङको आवासीय क्षेत्रमा भएको आगलागीमा ९४ जनाको मृत्यु भएको छ, भने ७६ जना घाइते भएका छन्।
- ताई पो जिल्लाका अपार्टमेन्ट ब्लक्समा बुधबार आगो फैलिएको थियो, जसमा करिब ३०० जना बेपत्ता छन्।
- भवनको मर्मत सम्भार र अग्निरोधी नभएका सामाग्रीका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
हङकङ । हङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । अरू ७६ जना घाइते भएका छन् । अझै पनि करिब ३०० जना बेपत्ता रहेको पनि खबर आएको छ ।
बुधबार ताई पो जिल्लाका अपार्टमेन्ट ब्लक्सका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो । हङकङका नेताले आगो अब नियन्त्रणमा आएको बताएका छन् । सुरक्षा कमजोरीहरूप्रति जनताको आक्रोश छ । एक बासिन्दाले यो दुघर्टनलाई रोक्न सकिन्थ्यो भनेर भनेका छन् ।
आगलागीको समयमा दूघर्टना स्थलमा कति जना थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन । हालैका तथ्याङ्कहरूका अनुसार, यी आठ अपार्टमेन्ट ब्लक्समा ४ हजार ६०० जना बस्थे ।
आगलागी कसरी सुरु भयो भन्ने थाहा हुन सकेको छैन । भवनहरूको मर्मत सम्भार चलिरहेको अनि भवनका बाहिरी भागमा प्रयोग गरिएका सामग्रीहरू अग्निरोधी नभएकोले त्यहीबाट आगो भड्किएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण