सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा महानगरको डोजर
सारांश
- काठमाडौं महानगरपालिकाले वडा १० देवीनगरमा सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काएको छ।
- भद्रकुमारी स्पोट्र्स पार्क बनाउनका लागि जग्गा खाली गर्न डोजर प्रयोग गरिएको थियो।
- पार्क निर्माणका लागि ५ रोपनी १० आना २ पैसा जग्गा छुट्याइएको छ, जहाँ विभिन्न खेल मैदान बन्नेछन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइएको छ । देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौँ महानगरले डोजर लगाएर भत्काएको हो ।
महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहि दिनअघि शिलान्यास गरिएको थियो । पार्क बनाउने स्थानलाई खालि गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाएको काठमाडौँ महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेले जानकारी दिए ।
पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्ग मिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण