बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोपाल किरातीको कटाक्ष– ज्ञानेन्द्र शाह र हाम्रा नेता कमरेडहरूमा कसरी फरक छुट्टाउने ?

शुक्रबार, १२ मङ्सिर २०८२, १२ : २१
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • गोपाल किरातीले पार्टी नेताहरूको कार्यशैली र मञ्चमा हुने तामझामप्रति असन्तुष्टि जनाएका छन्।
  • उनले एकता सभामा नेताहरूको आसन र सुरक्षा व्यवस्थापनको शैलीप्रति प्रश्न उठाएका छन्।
  • किरातीले समाजवादी संस्कार र नेताहरूको व्यवहारमाथि प्रश्न गर्दै, यसलाई आत्मकेन्द्रित दम्भको रूपमा चित्रण गरे।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि कटाक्ष गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा मञ्चमा देखिने भीड र शीर्ष नेताहरूलाई सुरक्षा दिने नाममा भएका तामझामप्रति उनले असन्तुष्टि जनाएका हुन् । 

सामाजिक सञ्जालमार्फत नेता किरातीले भनेका छन्– 'हिजो २०८२ मङ्सिर ११ गते राष्ट्रिय सभागृह, काठमाडौँमा एकतासभा आयोजना गरिएको विद्वतै छ। अस्ति क। भीम रावल र जेड पुस्तासँगको कार्यक्रममा बिरामीका कारण हामी सहभागी रहन सकेनौँ। केही हिँडडुल गर्न सकिने भएकोले हिजो चाहिँ हामीले सभागृहको कार्यक्रममा सहभागिता जाहेर गर्‍यौँ। तर, दुःखका साथ भन्नुपर्छ, गद्दाजनक मञ्चाशन अथवा मञ्च आसनले कार्यकर्ताहरू भन्दै थिए-नेताहरूको खुट्टी देखियो!'

उनले सुझाव दिएका छन्– 'नेकपा र जसपा एकीकरण समुहसहित पाँच समूहको एकतासभामा मुख्यतः पाँच समूहका प्रमुखहरू मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो। त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन। किनभने, त्यस कार्यक्रमका नायकहरू उहाँहरू नै हुनुहुन्थ्यो। परन्तु, मञ्च यत्ति खचाखच भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समूहका एक प्रमुख अग्ररोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने शोफामा तीन-तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नु पर्‍यो। अरू समूहका प्रमुखहरू तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैँ हुँदा सभागृहको कार्यक्रम पाँच समूहबिच एकतासभा हो कि कुनै पूर्व समूहको प्रहशनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरू रणभुल्ल लाग्थे। '

उनले प्रश्न गरेका छन्–'कोही व्यक्तिका वारे भन्नू केही छैन। तर, संयोजक र सहसंयोजक समेत तीन पूर्व प्रधानमन्त्री मञ्चको अग्ररोहमा बस्नु स्वाभाविक तथा आवश्यक थियो। तर, अरू कमरेडहरू खाँदाखाँद गरेर मञ्चमा कोच्चिएर बस्नु किन पर्दथ्यो ? जसले गर्दा सभाका नायकहरुलाई विशुद्व 'चङ्खे पात्र'झैँ किनारामा थन्क्याइयो ? के यही हो, समाजवादी संस्कार ? के यही चिन्तन प्रवृत्तिले हाम्रै पुस्तामा समाजवाद ? के समाजवादी समाजमा पनि यस्तै आत्मकेन्द्रित दम्भ, घमन्ड वा अहंकारकै राज्य हुनेछ? जसको जवाफ पार्टी केन्द्रीय समितिका प्रत्येक सदस्यले दिनुपर्छ।'

अबोप्रान्त कार्यक्रम सम्बद्ध बाहेकका मानिस मञ्चमा नबस्ने, बस्न नपाउने, सहभागी हुने तर उनीहरू जनता या कार्यकर्ताको पङ्क्तिमा बस्नु पर्ने संस्थागत विधि यथाशीघ्र निर्माण गर्न पनि उनले माग गरेका छन् । 

सभा समारोहको मञ्चमा नेतालाई लिएर आउँदा जसरी हुल हुज्जत, जनता र कार्यकर्तालाई धकेलाधकेल, हप्की-दप्की गर्दै उद्दण्डता प्रदर्शन गर्ने जुन शैली छ, त्यो ठ्याक्कै गढीमाई मेलामा काट्न लाँदै गरेको राँगा घिसारे झैँ देखिने गरेको भन्दै उनले कटाक्ष गरेका छन् ।  

उनले भनेका छन्– 'नेताहरूको सुरक्षा हुनुपर्छ, खासगरी गणतान्त्रिक आन्दोलनका नायक क। प्रचण्डको विशेष सुरक्षा हुनुपर्छ। तर, नेताहरू मञ्चमा आउँदा वा उहाँहरूलाई ल्याउँदा शान्त र सौम्य तरिका अख्तियार गर्न मिल्दैन ? मिल्दैन भने भाइमारा ज्ञानेन्द्र शाह र हाम्रा नेता कमरेडहरूमा फरक छुट्टाउने कसरी ? '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप