हङकङमा आगलागी : मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो
सारांश
- हङकङको आवासीय भवनमा लागेको आगोमा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ।
- आगलागी ताई पो क्षेत्रको वाङ फुक कोर्ट कम्प्लेक्समा भएको थियो, जहाँ आठ भवनमध्ये सातवटामा आगो लागेको थियो।
- आगलागी नियन्त्रणमा लिन एक हजारभन्दा बढी अग्नि नियन्त्रकहरूले २४ घण्टा लगाएका थिए, र ३ जना पक्राउ परेका छन्।
हङकङ । हङकङको आवासीय भवनहरूमा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । शुक्रबार आगलागी प्रभावित भवनहरूमा खोजीका क्रममा थप शवहरू फेला परेपछि मृत्यु हुनेको सङ्ख्या बढेको हो । अग्नि नियन्त्रकहरू अब खोजीको अन्तिम चरणमा पुगेको बताइएको छ ।
सञ्चारमाध्यमहरूका अनुसार सबैभन्दा धेरै फोन आएको तर आगोका कारण पुग्न नसकेका भवनहरूमाथि अग्नि नियन्त्रकहरूले ध्यान केन्द्रित गरिरहेका छन् । जलेका भवनहरूबाट शवहरू निकाल्ने काम भइरहेको र मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने हङकङका सुरक्षा सचिव क्रिस टाङले मिडियालाई बताएका छन् ।
बुधबार दिउँसो हङकङको ताई पो क्षेत्रको वाङ फुक कोर्ट कम्प्लेक्समा रहेको आठ भवनमध्ये सात वटामा आगो लागेको थियो । पुनर्निर्माण कार्यका लागि प्रयोग गरिएको बाँसको मचानले आगोलाई द्रुत रूपमा फैलाउन सहयाेग पुगेकाे अनुमान गरिएकाे छ ।
सोही क्रममा एउटा भवनबाट सुरु भएको आगोको लप्का अरू सातवटा भवनसम्म पुगेको अनुमान गरिएको छ । एक हजारभन्दा बढी अग्नि नियन्त्रकहरूले २४ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।
आगलागी भएको २ दिन भए पनि भवनहरूबाट अझै धुवाँ आइरहेको छ । आठवटा अपार्टमेन्ट भवनको फायर अलार्मले राम्रोसँग काम नगरेको पाइएको छ । आगलागी पछि भवन निर्माणको मर्मत सम्भार कार्यमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण