भ्रष्टाचार आरोपपछि जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा
शुक्रबार, १२ मङ्सिर २०८२, २३ : ३०
सारांश
- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्री यरमकले पदबाट राजीनामा दिएका छन्।
- यरमक लामो समयदेखि जेलेन्स्कीका विश्वासिलो सहयोगी थिए, तर भ्रष्टाचार आरोपपछि उनी आलोचनामा परेका थिए।
- प्रहरीले यरमकको आवासमा छापामारी गरेपछि उनले अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार तथा चीफ अफ स्टाफ आन्द्री यरमकले आफ्नो आवासमा प्रहरीले गरेको छापामारीपछि पदबाट राजीनामा दिएका छन्।
रुससँगको जारी युद्धकोबिच ५४ वर्षीय यरमक लामो समयदेखि जेलेन्स्कीका नजिकका विश्वासिलो सहयोगी मानिँदै आएका थिए। हालै जेलेन्स्कीका शीर्ष अधिकारीहरूमाथि करिब १० करोड डलरसँग सम्बन्धित भ्रष्टाचारको आरोप सार्वजनिक भएपछि यरमकसमेत आलोचनाको केन्द्रमा आएका थिए।
यद्यपि आरोप प्रमाणित हुने प्रत्यक्ष संलग्नताका प्रमाण भेटिएका छैनन्। तर केही समयअघि मात्र प्रहरीले यरमकको अपार्टमेन्टमा तलासी लिएको थियो।
यरमकले अनुसन्धानमा पूरा सहयोग गर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण