पार्टी एकढिक्का भए कसैले पराजित गर्न सक्दैन् : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उनले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याए ।
महामन्त्री डा कोइरालाले आफू सधैं गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द त्रिपाठी लगायतले अहिले काँग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले