एमालेकाे ११ औँ महाधिवेशन : अखिल नेपाल किसान महासङ्घबाट ७ जना प्रतिनिधि सर्वसम्मत
काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सात जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ।
सङ्गठनका विभिन्न जिम्मेवारी र भूगोलबाट आएका यी पदाधिकारीहरू महाधिवेशनमा महासङ्घको तर्फबाट सहभागिता जनाउने छन्।
महासङ्घका झापाका उपाध्यक्ष बेनु शिवाकोटी, सर्लाहीका उपाध्यक्ष राजकुमार उप्रेती र झापाकै उपाध्यक्ष पिएन अधिकारी प्रतिनिधिका रूपमा चयन भएका छन् ।
त्यस्तै काठमाडौँका उपमहासचिव रामशरण ढुङ्गाना, बाँकेकी सचिव आरती पौडेल, डडेलधुराकी सचिव तारा खाती कार्की र काठमाडौँकी स्थायी समिति सदस्य बिन्दु महर्जन पनि सर्वसम्मत प्रतिनिधि बनेकी छन् ।
किसान आन्दोलन, कृषि नीति तथा सङ्गठनगत सुदृढीकरणका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यी सात नेताहरूले महासङ्घको तर्फबाट पार्टी महाधिवेशनमा नीतिगत बहस, सुझाव र निर्णय प्रक्रियामा योगदान गर्ने अपेक्षा व्यक्त गरिएको महासङ्घले जनाएको छ।
महाधिवेशन नजिकिँदै जाँदा विभिन्न जनवर्गीय सङ्गठनहरूले आफ्ना प्रतिनिधि छनोट तीव्र पारिरहेका छन्। अखिल नेपाल किसान महासङ्घको यो सर्वसम्मत चयनलाई सङ्गठनभित्रको एकता र सहकार्यको सङ्केतको रूपमा पनि हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण