एनपीएल : ईशान पाण्डे बने अर्धशतक हिर्काउने १७ औँ खेलाडी
सारांश
- ईशान पाण्डेले एनपिएलमा अर्धशतक बनाए।
- उनले ३३ बलमा आठ चौका र एक छक्का प्रहार गरे।
- पाण्डे यो सिजनमा अर्धशतक बनाउने १७औँ खेलाडी बने।
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काएका छन्।
जनकपुर बोल्ट्सविरूद्ध शनिबारकाे खेलमा उनले ३३ बलमा आठ चौका र एक छक्काको मद्दतमा उनले अर्धशतक पूरा गरे। योसँगै उनी जारी सिजनमा अर्धशतक हिर्काउने १७ औँ खेलाडी बनेका छन् ।
यो सँगै अर्धशतकको सङ्ख्या २१ पुगेकाे छ । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काए।
यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र आशिफ शेखले एक/एक अर्धशतक हिर्काए।
कर्णालीका मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण