एमालेमा 'दलितको भोट चल्दैन' भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
शनिबार, १३ मङ्सिर २०८२, २१ : ५८
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार गर्न खोजिएको बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले नजिकिँदै गरेको ११ औँ महाधिवेशनमा उक्त विषयलाई लिएर भ्रामक प्रचार गर्न खोजिएको बताएका हुन् ।
'दलित र गैर दलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्न समेत पाउँछन्। उनीहरूलाई त्यहाँ चुन्न र चुनिने दुवै अधिकार सुरक्षित छ,' महासचिव पाेखरेलले भने, तर दलित समावेशी क्लस्टरमा जानेहरूले भने दलित प्रतिनिधि चयनका लागि मात्र भोट हाल्दछन्। यो व्यवस्था पार्टीले समावेशी सिद्धान्त लागू गरेदेखि कै हो ।'
भविष्यमा सबैले सबैका लागि भोट हाल्ने गरी दलित समावेशीताको नयाँ व्यवस्था गरौँ भन्ने कुरामा पार्टीको असहमति रहने कुनै कारण नभएको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण