एनआरएनएको उदाहरण दिँदै प्रधानमन्त्रीले भनिन्-'दलहरूभित्र पनि मेलमिलाप आवश्यक छ'
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूमा मेलमिलापको खाँचो औंल्याइन्।
- उनले एनआरएनएको एकता घोषणा सभामा एनआरएनएको सहयोगको प्रशंसा गरिन्।
- प्रधानमन्त्रीले दलहरूमा देखिएको फुट र चिराप्रति चिन्ता व्यक्त गर्दै एकताको महत्त्वमा जोड दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलभित्र मेलमिलापको आवश्यकता रहेको बताएकी छन् । आइतबार गैर आवासीय सङ्घ (एनआरएनए) को एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दलभित्र पनि मेलमिलापको आवश्यकता रहेको बताएकी हुन् । उनले सङ्कटका बेला एनआरएनएले गरेको सहयोगप्रति धन्यवाद समेत दिइन् ।
‘यहाँहरूको बलियो उपस्थिति भयो । एक हुनुभयो’, आइतबार सिंहदरबारमा आयोजित एनआरएनएको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईँहरू आफ्नै परिवारको सदस्य हो ।’
एनआरएनएहरू विदेशमा बसेपनि यहाँको राजनीति र राजनीतिक पार्टीबारे जानकार रहेको भन्दै प्रधानमन्त्री कार्कीले पदकै लागि पार्टीहरूमा छिनाझपटी आपसमा चलिरहेको बताइन् ।
‘कमसेकम तपाईँहरू मिलेजस्तो दलमा पनि मेलमिलाप चाहिएको छ’, उनले भनिन्, ‘दल दलबिचमा पनि मेलमिलाप र दलभित्र पनि मेलमिलापको आवश्यकता छ ।’
उनले नेता फुटेको र चिरा परेजस्तो देखिएको भन्दै दलहरूबिचको पानी बराबारजस्तो अवस्थाले मुलुक नचल्ने बताइन् । एनआरएको एकताबाट दलहरूले पनि सिक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले एनआरएनएबारे नागरिकताको चासो रहेकोबारे सकेसम्म एनआरएनएको माग सम्बोधन गर्न आफूले प्रयास गर्ने आश्वासन दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण