एमाले महाधिवेशनका लागि रसुवाबाट ८ प्रतिनिधि सर्वसम्मत चयन
आइतबार, १४ मङ्सिर २०८२, १३ : ५२
सारांश
- रसुवा जिल्लाबाट नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू चयन भएका छन्।
- खुल्लातर्फ ४, महिला २, दलित र युवा तर्फबाट प्रतिनिधिहरू सर्वसम्मत चयन गरियो।
- छोवाङ तेन्जेन तामाङ, कन्र्याल लामा लगायतका नेताहरू प्रतिनिधिमा चयन भए।
रसुवा । नेकपा एमालेको आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रसुवा जिल्लाबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको सर्वसम्मत चयन गरिएको छ । रसुवाबाट खुल्ला ४, महिला २, एक/एक जना दलित र युवा तर्फबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको हो ।
रसुवाबाट खुल्लातर्फ छोवाङ तेन्जेन तामाङ, कन्र्याल लामा, सुरेन्द्र लम्साल र कैसाङ नुर्पु तामाङ रहेका छन् भने महिलातर्फ २ जना (चमेली गुरुङ र सिर्जना लामा) प्रतिनिधि चयन भएका छन् ।
युवा कोटाबाट कुमार नगरकोटी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् भने दलित कोटाबाट चमेली सुनुवार प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण