जलेश्वर प्रादेशिक अस्पतालमा जेनजी युवाहरूको प्रदर्शन
सारांश
- जलेश्वर प्रादेशिक अस्पतालमा युवाहरुले भ्रष्टाचार, अव्यवस्था र सेवा प्रवाह खस्किएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
- युवाहरूले कर्मचारी नियुक्तिमा अनियमितता, डाक्टरको अभाव, निःशुल्क औषधि अभाव र उपकरण प्रयोग नभएको जस्ता समस्या औंल्याएका छन्।
- अस्पतालका निमित्त प्रमुखले प्रदेश सरकारको स्रोतअनुसार सेवा दिइरहेको दाबी गरेपनि स्थानीय आक्रोशित छन्।
जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरमा व्यापक भ्रष्टाचार, अव्यवस्था र सेवा प्रवाह खस्कँदै गएको भन्दै जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । अस्पतालको सेवा सुधारको मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।साथै उनीहरूले ११ बुँदे मागपत्र समेत सार्वजनिक गरेका छन् ।
युवाहरूले अस्पतालमा कर्मचारी नियुक्तिमा अनियमितता, गाइनोकोलोजिस्ट र एमडीजीपी डाक्टरको अभाव, डाक्टरको अभावले गर्भवती महिलाहरूलाई लगातार रेफर गर्नुपर्ने बाध्यता, सरकारले निःशुल्क उपलब्ध गराएका औषधीको अभाव, पूर्ण रूपमा बेड सञ्चालन नहुनु, आरओ प्लान्ट र भेन्टिलेटर जस्ता महत्त्वपूर्ण उपकरण प्रयोगमा नआउनु लगायतका समस्या उठान गरेका छन् ।
यी समस्याले अस्पतालको सेवा प्रभावित भएको उनीहरूको आरोप छ । युवाहरूले ड्रेसिङ र एक्स–रेको काम कार्यालय सहयोगीमार्फत गराइने, डायलिसिस सेवा, सुरक्षा गार्डको अनुशासनहीनता, अस्पताल परिसरको सरसफाइ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्षले गरेको अनियमितताको विषय पनि उठाएका छन् ।
यता, अस्पतालका निमित्त प्रमुख डा.विकासकुमार साहले अस्पतालले मधेस प्रदेश सरकार र निर्देशनालयले उपलब्ध गराउँदै आएको स्रोत साधनअनुसार सेवा दिइरहेको दाबी गरेका छन् ।
महोत्तरी सदरमुकाम लगायत भारत सीमावर्ती क्षेत्रका बिरामीहरूको प्रमुख उपचार केन्द्र मानिने जलेश्वर प्रादेशिक अस्पतालमा आकस्मिक सेवा समेत प्रभावित भइरहेको भन्दै स्थानीय आक्रोशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण