मन्त्री घिसिङले दिए सम्झौताअनुसार भवन निर्माण सम्पन्न गर्न निर्देशन
सारांश
- मन्त्री घिसिङले कोशी अस्पतालको भवन तोकिएको समयमै बनाउन निर्देशन दिए।
- उनले निर्माण व्यवसायीलाई तोकिएको समयमै भवन हस्तान्तरण गर्न भने।
- अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि उनले छिटो काम सक्न निर्देशन दिए।
विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समय सीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । आइतबार सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।
बिरामीको चापलाई दृष्टिगत गरी निर्माण प्रक्रिया सुरु भएको सो अस्पतालको नयाँ भवन बनाउने काम ढिलो भएको भन्ने प्राप्त गुनासोलाई सम्बोधन गर्ने क्रममा उनले अस्पताल प्रशासन र निर्माण व्यवसायीलाई काम छिटो सक्न निर्देशन दिए ।
सो अस्पतालाका लागि निर्माणाधीन अवस्थामा रहेको रु दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत र रु ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएकाे छ ।
निर्माण व्यवसायी केसी एवं रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरु गरेको उक्त भवन काम सम्पन्न गरी यसैवर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा कोशी अस्पतालका प्रमुख डा रुणा झा र सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्री घिसिङलाई अस्पतालको वस्तुस्थिति र भवन निर्माणसम्बन्धी जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण