सूचना बाहिरिएको भए रास्वपा र विवेकशील साझाबिच एकता हुने थिएन : कवीन्द्र बुर्लाकोटी
आइतबार, १४ मङ्सिर २०८२, १६ : ४९
सारांश
- रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले विवेकशील साझासँगको एकता सूचना चुहिएका कारण सम्भव भएको बताए।
- उनले मूल्य र मान्यतामा आधारित राजनीति गरेको र अन्य पार्टीसँग पनि एकता हुनसक्ने बताए।
- बुर्लाकोटीले रास्वपा र विवेकशील साझाबीच जरादेखि फलसम्मको एकता भएको दाबी गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सूचना बाहिरिएको भए विवेकशील साझासँग एकता नहुने बताएका छन् । राष्ट्रिय सभा गृहमा आइतबार भएको एकता सभामा उनले त्यसका लागि आफूले मूल्य र मान्यतामा आधारित राजनीति गरेको जिकिर गरे ।
‘बाहिर सूचना नचुहिएकाले एकता सम्भव भएको हो । बाहिर सूचना गएको भए यो एकता सम्भव हुने थिएन । एकता भत्काउन खेल्ने थिए । यो एकता मूल्य र मान्यताको एकता हो । यसरी नै अगाडि बढेर जाने हो भने अन्य पार्टीसँग पनि एकता गर्न सक्छौँ,’ उनले भने ।
बुर्लाकोटीले रास्वपा र विवेकशील साझाबिच सङ्गठनको मात्र एकता नभई जरादेखि फलसम्म एक ढिक्का भएर अगाडि बढेको दाबी गरे । ठुलो पार्टी हुँदैमा भुइँ नछोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा पनि भुइँमै राजनीतिक सङ्ग्राम लिने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण