बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा आफूलाई माफी दिन आग्रह गर्दै राष्ट्रपतिलाई नेतन्याहुको पत्र

आइतबार, १४ मङ्सिर २०८२, १७ : ०६
आइतबार, १४ मङ्सिर २०८२

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भ्रष्टाचारका मुद्दाहरूमा आफूलाई माफी दिन राष्ट्रपतिसँग अनुरोध गरेका छन् ।

नेतान्याहूले राष्ट्रपति इसाक हर्जाेगलाई माफीको लागि आइतबार अनुरोध पत्र पेस गरेको इजरायली राष्ट्रपतिको कार्यालयले आइतबार बताएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रष्टाचारका मुद्दामा हर्जाेगले नेतन्याहूलाई माफी दिनुपर्ने बताएको केही दिनपछि यो कुरा आएको हो । 

नेतान्याहूमाथि २०१९ मा छुट्टाछुट्टै रूपमा भ्रष्टाचारसम्बन्धी तीन मुद्दा दायर भएका छन् । यसमा घुसखोरी, ठगी र विश्वास उल्लंघनको आरोप लगाइएको छ ।

नेतन्यहुका वकिलले राष्ट्रपतिको हस्ताक्षर भएको १११ पृष्ठको काजगपत्र राष्ट्रपति कार्यालयको कानुनी विभागलाई बुझाएको छ । प्रधानमन्त्रीलाई माफी दिँदा उनले आफ्नो सारा समय, क्षमता र ऊर्जा इजरायललाई अहिलेको यो संवेदनशील क्षणबाट बाहिर निकाल्न लगाउन सक्ने पत्रमा नेतन्याहुका वकिल अमित हददले लेखेका छन् ।

ट्रम्पले केही समयअघि हर्जोगलाई पत्र लेख्दै नेतन्याहुलाई माफी दिन अनुरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप