एमालेको प्रतिनिधि छनोटमा असन्तुष्टि, कास्कीबाट पर्यो उजुरी
पोखरा । नेकपा एमालेको ११औं महाधिवेसनका लागि प्रतिनिधि छनोटमा नेताहरूले एकलौटी गरेको आरोप लगाउँदै कास्कीका असन्तुष्ट पक्षले उजुरी गरेका छन् । कास्की–३ का उम्मेद्वारहरूले अवैध रुपमा प्रतिनिधि छनोट गरिएको भन्दै जिल्ला कमिटीमा उजुरी दिएका हुन् । उक्त उजुरीको बोधार्थ केन्द्रीय कमिटीलाई पनि दिइएको छ ।
यो क्षेत्रबाट ७ जना प्रतिनिधि चयन भएका छन् । बाँकी ४० जनाले नै छनोटलाई अवैध भन्दै उजुरी दिएका नेता देवी सुवेदीले जानकारी दिए । ‘यो छनोटको विधि अवैध छ । हामीले उजुरी दिएका छौं,’ उनले भने । अन्य क्षेत्रबाट भने उजुरी परेको छैन ।
जिल्लाबाट २३ जना प्रतिनिधि आवश्यक पर्नेमा १ सय २२ जनाले उम्मेदवारी दिएका थिए । नेताहरूले आ–आफ्नै कोटाबाट प्रतिनिधि छनोट गरेका छन् । केन्द्रीय सदस्यहरूले गोजीबाट प्रतिनिधि दिएपछि लामो समय जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले हस्ताक्षर गर्न मानेका थिएनन् । तर अन्तिममा बाध्य भएर हस्ताक्षर गरेपछि नाम सार्वजनिक गरिएको छ ।
नाम सार्वजनिक हुनेबित्तिकै असन्तुष्ट पक्षले उजुरी दर्ता गराएका हुन् । क्षेत्रीले प्राप्त उजुरीको छानबिन गर्ने बताएका छन् । ‘छनोटमा केही समस्या भएकै छ । उजुरी पनि परेको छ,’ उनले भने, ‘यसउपर छानबिन हुन्छ ।’
को को भए प्रतिनिधि ?
कास्की निर्वाचन क्षेत्र १ बाट खुलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी, सचिव दर्शन लामा, प्रदेश सांसद बेदबहादुर गुरुङ र टिकाराम पंगेनी छनोट भए । युवामा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा चयन हुँदा महिलामा रक्षा भट्टराई र विजया सुवेदी चयन भइन् ।
क्षेत्र नम्बर २ बाट खुलामा रामप्रसाद खनाल, तेजनारायण अधिकारी, रश्मी आचार्य र भेषराज बरालको नाम टुंगिएको छ । युवाबाट विजय पौडेल, महिलामा सिर्जना शर्मा र हिरा गिरी छनोट भएका छन् । क्षेत्र नम्बर ३ मा खुलातर्फ माधव बास्तोला, दिपक पौडेल, जगन्नाथ बास्तोला र लालबहादुर परियार, युवामा भरतमान गुरुङ तथा महिलामा शोभा पहारी र गीता विश्वकर्माको नाम टुंगो लागेको एमालेले जनाएको छ ।
कास्कीबाट उत्पीडित क्लस्टरमा दुई जनाको नाम परेको छ । प्रेम विश्वकर्मा र दामबहादुर विश्वकर्मा क्लस्टरबाट चयन भएका हुन् । शनिबार मतदानको तालिका सार्वजनिक गरेर विरोधबिच सर्वसम्मतको नाममा जबर्जस्ती गरिएको धेरै प्रतिनिधिहरूको गुनासो छ ।
उनीहरूले सामाजिक सञ्जाल मार्फत पनि छनोटको प्रक्रियामा विरोध जनाएका छन् ।
उजुरी बुझाउँदै युवा नेता विवेक त्रिपाठीले विधिविपरीत प्रक्रियामा नै सहभागी नगराई गुमराहमा राखिएको आरोप लगाए । ‘आफूलाई छान्ने प्रतिनिधि आफैले छानेर लाने अभ्यास नेतृत्वले गर्दै छ,’ उनले भने, ‘अपानिको विधि र प्रक्रियामा समावेश नै नगराई निर्वाचन प्रक्रियालाई समेत नेतृत्वले गुमराहमा राखिरहेको छ,’ उनले अविलम्ब निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण