प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल
सारांश
- प्रभु बैंकले वरिष्ठ अधिकारी निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ।
- बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको हो।
- बैंकले दैनिक कार्य सञ्चालनलाई सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरेको जनाएको छ।
काठमाडौँ। प्रभु बैंकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ अधिकारी निरज लम्साललाई प्रदान गरेको छ।
बैंकले आइतबार एक सूचना जारी गर्दै कार्यवाहक सीईओको जिम्मेवारी लम्सलालाई दिएको जानकारी दिएको हो ।
बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले दैनिक कार्य सञ्चालन सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।
‘नेपाल प्रहरी प्रधान कार्यर्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका बरिष्ठतम् कर्मचारी श्री निरज लम्साललाई आज मिति २०८२ मंसिर १४ गते देखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ। बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरू सम्पूर्ण शाखा सञ्जालहरूबाट निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ, बैङ्कद्वारा जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण