सोल्टिमोडबाट रिभल्बरसहित युवक पक्राउ
सोमबार, १५ मङ्सिर २०८२, ११ : ३७
सारांश
- काठमाडौंको सोल्टीमोडबाट एक युवक पक्राउ परेका छन्, उनी मकवानपुरका हुन्।
- पक्राउ परेका युवकको साथबाट अमेरिकन रिभल्भर बरामद गरिएको छ।
- प्रहरीले युवकलाई यसअघि अभद्र व्यवहार र चोरी मुद्दामा पनि कारबाही गरेको थियो।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१३ स्थित सोल्टिमोडबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएर सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङ छन् । उनले लुकाएर राखेको अवस्थामा अमेरिकन रिभल्बर बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
उनले सो रिभल्बर जेनजी प्रदर्शनको क्रममा लुटेको हुनसक्ने आकलन गरिएको छ । तर, गुरुङले सो रिभल्बर अर्का युवकसँग किनेको बयान दिएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूले सो रिभल्बर प्रहरी युनिटमा अनुसन्धानको क्रममा भएको हुनसक्ने आकलन गरेका छन् ।
मङ्सिर १२ मा पक्राउ परेका गुरुङ विरुद्ध प्रहरीले यसअघि पनि अभद्र व्यवहार र चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण