१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ
सोमबार, १५ मङ्सिर २०८२, १३ : २३
सारांश
- नवलपरासी पश्चिममा एक १९ वर्षीय किशोर १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
- पक्राउ परेका किशोरलाई बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
नवलपरासी पश्चिम । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका– १ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
रोजिनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण