स्रोत नखुलेको १८ लाख नगदसहित किशोर पक्राउ
सोमबार, १५ मङ्सिर २०८२, १३ : ३५
सारांश
- काठमाडौँको तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार ५ सय रूपैयाँसहित एक किशोर पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ओखलढुंगाका १९ वर्षीय दावा शेर्पा रहेका छन्।
- प्रहरीले शेर्पालाई आइतबार राति पक्राउ गरेको र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार ५ सय रूपैयाँसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर भएका १९ वर्षीय दावा शेर्पा रहेका छन् ।
उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण