कोहलीले भने – अब मेरो ध्यान केवल एकदिवसीय क्रिकेटमा
राँची । भारतले राँचीमा खेलिएको पहिलो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १७ रनले पराजित गर्दै शृङ्खलामा १–० को अग्रता बनायो । यस रोमाञ्चक खेलमा विराट कोहलीले १३५ रनको शानदार पारी खेल्दै टोलीलाई जित दिलाए । खेलपछि कोहलीले अब आफ्नो सम्पूर्ण ध्यान एकदिवसीय क्रिकेटमा मात्र रहेको स्पष्ट पारेका छन् ।
कोहलीले यसअघि नै टी–२० र टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका छन् । हालै टेस्ट शृङ्खलामा भारतले ०–२ को हार बेहोरेपछि उनको टेस्ट टोलीमा पुनरागमनको अड्कलबाजी गरिएको थियो, तर राँचीमा उत्कृष्ट प्रदर्शन गरेपछि कोहलीले ती सबै चर्चामा पूर्णविराम लगाएका छन् ।
यस खेलमा विराट कोहली ‘प्लेयर अफ द म्याच’ घोषित भए । त्यसपछि उनलाई विश्वकप खेल्नेबारे प्रश्न सोधियो, तब टोलीका ब्याटिङ कोच सितांशु कोटकले भने, 'जब उनी यति राम्रो फर्ममा छन्, तब यस्ता प्रश्न उठाउनु आवश्यक नै के छ र ?
म मानसिक रूपमा बलियो छु– कोहली
खेलपछि कोहलीले आफ्नो तयारी पूर्ण रूपमा मानसिक हुने बताएका छन् । उनले शरीरको अवस्था ठीक र मानसिक रूपमा आफू तन्दुरुस्त महसुस गरेसम्म आत्मविश्वास कायम रहने बताए । कोहलीले ३७ वर्षको उमेरमा रिकभरीका लागि समय आवश्यक पर्ने भएकाले खेलअघि एक दिनको विश्राम लिने गरेको जानकारी दिए ।
उनले थपे, 'मलाई थाहा छ कहिले आराम गर्ने र कहिले खेल्ने।'
३ सयभन्दा बढी एकदिवसीय खेल खेलिसकेका कोहलीका अनुसार खेलको सम्पर्कमा कोही छन् र नेट्समा एक–दुई घण्टा ब्याटिङ गर्न सक्छन् भने त्यो सही स्थिति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण