चिसो बढेसँगै इन्फ्लुएन्जाको जोखिम : ‘फ्लु भ्याक्सिन’ लगाउन चिकित्सक संघको आग्रह
काठमाडौँ। नेपाल चिकित्सक संघले चिसो मौसमसँगै 'इन्फ्लुएन्जा भाइरस'को जोखिम बढेको भन्दै सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। संघले सोमबार एक अपिल जारी गर्दै जोखिममा रहेका नागरिकलाई समयमै 'फ्लु भ्याक्सिन' लगाउन सुझाव दिएको हो।
संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा हस्ताक्षरित अपिलमा हाल देशभर चिसो बढेको अवस्थामा मानिसहरूमा श्वासप्रश्वासम्बन्धी विभिन्न समस्या देखिन थालेको उल्लेख छ। साथै, नेपालका विभिन्न स्थानहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमण पनि देखिन थालेको संघले जनाएको छ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उपयुक्त हुने भन्दै संघले रोकथाममूलक उपाय अपनाउन जोड दिएको छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले गम्भीर असर पुर्याउने सम्भावना रहने हुँदा, यस्ता जोखिममा रहेका समस्त नागरिकहरूलाई समयमै 'फ्लु भ्याक्सिन' लगाउन संघले हार्दिक अपिल गरेको छ।
संघले नागरिकलाई सचेत गराउनुको साथै सरकारको ध्यानाकर्षण समेत गराएको छ। इन्फ्लुएन्जा भाइरसको संक्रमणलाई प्रभावकारी ढंगले रोकथाम गर्नका लागि नेपाल सरकारले जोखिमयुक्त जनसंख्यालाई खोपको दायरामा ल्याउनुपर्ने संघको ठहर छ।
संघले हरेक वर्ष समयमै 'फ्लु भ्याक्सिन' निःशुल्क रूपमा उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण