गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालयले दोधारा चाँदनी सुक्खा बन्दरगाहको निरीक्षण गरे।
- उनको टोलीले निर्माणाधीन बन्दरगाहको अनुगमन गर्यो, निजी सचिवले जानकारी दिए।
- सशस्त्र प्रहरी बलको टोली पनि अनुगमनमा सहभागी थियो।
महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् । धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गरेका हुन् ।
अर्यालयसहितको टोलीले सुक्खा बन्दरगाह अनुगमन गरेकाे गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलले जानकारी दिए ।
“प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,” उनले भने, “गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत अनुगमनमा थियो।”
गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए । भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय पक्षबाट ठेक्का भएर निर्माण व्यवसायीले काम थालिसकेका छन्। निर्माण व्यवसायीले निर्माण उपकरण भारतबाट आयोजनाका लागि आयात प्रक्रिया थालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण