बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अवस्था गम्भीर
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यअवस्था निकै गम्भीर भएको र उनलाई भेन्टिलेटरमा राखिएको खबर बाहिरिएको छ ।
उनको पार्टी ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (बीएनपी)का नेताहरूले बताएको भन्दै बीबीसी हिन्दीले यसबारे समाचार छापेको छ । ८० वर्षीया खालिदा जियालाई नोभेम्बर २३ मा छातीमा संक्रमण भएर एक निजी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमणले उनको मुटु र फोक्सोलाई समेत असर गरेको थियो ।
चार दिनपछि उनको अवस्था झनै बिग्रियो र उनलाई कोरोनरी केयर युनिटमा सारियो । समाचार पोर्टल टीबीएसन्यूजडटनेटका अनुसार बीएनपीका उपाध्यक्ष अहमद आजम खानले खालिदा जियाको अवस्था धेरै गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताएका छन् छ । ‘यसलाई धेरै गम्भीर अवस्था पनि भन्न सकिन्छ । यस समयमा, सम्पूर्ण राष्ट्रसँग प्रार्थना माग्नबाहेक अरू केही भन्न सकिँदैन,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण