बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजेन्द्र गौतमको जनताको बहुदलीय जनवादका आधार पुस्तक विमोचन

सोमबार, १५ मङ्सिर २०८२, २१ : ०३
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको जनताको बहुदलीय जनवादका आधार नामक पुस्तक विमोचन गरिएको छ । 

पार्टीका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरेका हुन् । 

लेखक गौतमले पार्टीको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व झल्किने यो पुस्तक सार्वजनिक गरेका हुन् । 

उनले महाधिवेशनको सङ्घारमा पार्टीको नीति,बिचार,जनताको बहुदलीय जनवादका विषयमा वडा तहसम्मका कार्यकर्ताहरू छलफलमा सहभागी हुने भएकोले पनि अहिले पुस्तकको सान्दर्भिकता हुने बताए ।

पत्रकारिता पृष्ठभूमिका गौतमले यस अघि सात वटा पुस्तक लेखन तथा सम्पादन गरिसकेका छन् । २०५० सालमा उनले नेपाली महिला आन्दोलन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०५०) देखि जनताको बहुदलीय जनवादका आधार (२०६३) सम्मका पुस्तक यस अघि नै प्रकाशन गरिसकेका छन् । 

पुस्तकलाई सात खण्डमा विभाजन गरिएको छ । जसमा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व,नेकपाको प्रारम्भ देखि ११ औँ महाधिवेशनसम्म,जनताको बहुदलीय जनवाद दार्शनिक तथा सैद्धान्तिक आधार,बहुदलीय जनवादका आधारहरू,जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त,परिवर्तित सन्दर्भमा विकसित जनताको बहुदलीय जनवाद र आजको विकसित राजनीतिक परिघटना र हाम्रो कार्यभार लगायतका विषयहरू समेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप