दुई सचिवको सरुवा, पर्यटनमा निरौला
मङ्गलबार, १६ मङ्सिर २०८२, १० : ३७
सारांश
- मन्त्रीपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ।
- मुकुन्द निरौलालाई संस्कृति, पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ।
- बैठकले बैकुण्ठ प्रसाद अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।
काठमाडौँ । सरकारले दुई सचिवको सरुवा र एक सचिवको पदस्थापन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सचिव हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण