एमाले महाधिवेशन प्रतिनिधि छनोट : ‘गोजीबाट मान्छे छानिएको’ भन्दै सुर्खेतमा विवाद
सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद निम्तिएको छ । विधि र पद्धति मिचेर ‘गोजीका मान्छे’ छानिएको भन्दै एमाले केन्द्रीय सदस्य तथा उक्त क्षेत्रका नेता ठम्मर विष्टले औपचारिक रूपमै ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका छन् ।
सोमबार सार्वजनिक भएको प्रतिनिधिहरूको सूचीप्रति असन्तुष्टि जनाउँदै पूर्व माओवादी खेमाका नेता विष्टले सामाजिक सञ्जालमा समेत कडा आक्रोश पोखेका छन् ।
मंसिर २७ देखि २९ गतेसम्म हुने प्रदेश अधिवेशनका लागि सुर्खेत–१ बाट सोमबार प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको थियो । जसमा खुलातर्फ पूर्वमन्त्री खड्गबहादुर खत्री, मानबहादुर खत्री, टीकाराम सोमै र कविन्द्रकुमार केसी चयन भएका छन् । महिलातर्फ तुलसी शर्मा, विमला खड्लुक र युवातर्फ पूर्णबहादुर थापाको नाम सार्वजनिक गरिएको छ ।
छनोट भएका अधिकांश प्रतिनिधिहरू स्थायी कमिटी सदस्य तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल निकट मानिन्छन् । केन्द्रीय सदस्य विष्ट कँडेलको गुटमा पर्दैनन् । आफू स्वयं छनोट समितिको संयोजक हुँदाहुँदै आफूलाई नै बाइपास गरेर प्राविधिक बहुमतको दम्भ देखाउँदै एकलौटी निर्णय गरिएको विष्टको आरोप छ ।
विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महाधिवेशनको सर्वोच्चतालाई लत्याएर प्रतिनिधिहरूको सार्वभौम अधिकार अपहरण गरिएको छ ।’
उनले अगाडि भने, ‘म आफैं संयोजक रहेको कमिटीको संयोजकविनै प्राविधिक ढंगले बहुमतको दम्भबाट प्रस्तुत भई एकलौटी र हचुवाको भरमा प्रतिनिधि छनोट गर्नु हाम्रो विधि र प्रणाली विपरीत छ । यो क्षेत्र नम्बर १ का कार्यकर्ता, समर्थक र शुभचिन्तकको भावना विपरीत छ ।’
विष्टले आफूले छनोट भएका व्यक्तिहरूप्रति भन्दा पनि छनोटको गलत प्रक्रियाप्रति विमति राखेको स्पष्ट पारेका छन् । उनले जिल्ला र केन्द्रका अमुक नेताहरूले क्षेत्र नम्बर १ मा प्रत्यक्ष हस्तक्षेप गरी पार्टीलाई एकताबद्ध बनाउनुको साटो छिन्नभिन्न बनाउन उद्धत रहेको गम्भीर आरोप लगाएका छन् ।
आगामी निर्वाचनमा धक्का लाग्ने चेतावनी
दुई महिनापछि हुन लागेको निर्वाचनको संघारमा पार्टीभित्रको यो किचलो महँगो पर्ने चेतावनी विष्टले दिएका छन् । जेनजी विद्रोहपछिको परिस्थिति र दुई महिनापछि हुँदै गरेको निर्वाचनको संघारमा संगठनलाई छियाछिया बनाउँदा कस्तो परिणाम आउँछ ?’ उनले प्रश्न गरेका छन् ।
सहिद ऋषिप्रसाद शर्मा लगायतका योद्धाहरूको रगत र पसिनाले बनेको संगठनमा यस्ता हर्कतले वर्गसंघर्ष र चुनावी प्रतिस्पर्धामा पार्टीलाई पछाडि धकेल्ने उनको निष्कर्ष छ । केन्द्रीय सदस्य विष्टले अन्तिम नामावली पेस गर्नुअघि नै अनाधिकृत प्रक्रियाबाट गरिएका कामहरूलाई सच्याएर सन्तुलित र समावेशी प्रतिनिधि छनोट गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । उनले यसबारे पार्टी च्यानलमा औपचारिक रिपोर्टिङ गर्ने चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण