केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
मङ्गलबार, १६ मङ्सिर २०८२, १७ : ३३
काठमाडौँ । काठमाडौँको केशरमहलमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–०३० च २३४८ नम्बरको नेटा कारले ठक्कर दिँदा पैदयात्रुको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । मृतक पुरुष हुन् ।
दुर्घटनामा परेर ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार पशुराम ठाकुर घाइते भएका छन् । उनका दुवै खुट्टा र छातिमा चोट लागेको छ । कार चालक काठमाडौँ–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिकालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण