एमाले ओखलढुङ्गाको प्रतिनिधि छनाेट प्रक्रिया रद्द, पुनः निर्वाचन गर्न केन्द्रको निर्देशन
विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्लाको महाधिवेशन प्रतिनिधि छनाेट प्रक्रिया रद्द गरेको छ। जिल्ला सदरमुकाममा सम्पन्न भनिएको प्रतिनिधि छनाेट प्रक्रिया विधि र निर्देशन विपरीत भएको भन्दै केन्द्रले त्यसलाई अस्वीकार गरेको हो।
एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबर्जस्ती प्रतिनिधि छनाेट गरिएको उल्लेख छ। साथै, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा स्पष्ट पारिएको छ।
केन्द्रले जिल्ला कमिटी ओखलढुङ्गालाई पत्र काट्दै प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको व्यवस्थापन गरेर पाँच दिनभित्र पुनः निर्वाचन गर्न कडा निर्देशन दिएको छ।
चार नेतालाई सहजीकरणको जिम्मेवारी
पुनः निर्वाचन प्रक्रियालाई निष्पक्ष, सहज र विवादरहित बनाउनका लागि केन्द्रले शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेको छ। जसअनुसार प्रदेश इन्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई निर्वाचन प्रक्रियामा सहयोग र सहजीकरण गर्न तोकिएको जानकारी केन्द्रीय कार्यालयले गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण