एमाले ओखलढुङ्गामा प्रतिनिधि छनोट एकलौटी भएको भन्दै प्रक्रिया नै अस्वीकार
सारांश
- ओखलढुङ्गा जिल्ला कमिटी नेतृत्वले विधि मिचेको भन्दै नेकपा एमालेका २० जना उम्मेदवारले निर्वाचन प्रक्रिया अस्वीकार गरे।
- शुक्रबार पत्रकार सम्मेलन गर्दै नेताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विधिसम्मत प्रक्रियामा जान आग्रह गरे।
- प्रतिनिधि छनोटमा पक्षपातपूर्ण गतिविधि र केन्द्रको परिपत्र अवज्ञा गरेको गुनासो गर्दै उनीहरूले बहिष्कारको घोषणा गरे।
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचनका क्रममा ओखलढुङ्गा जिल्ला कमिटी नेतृत्वले व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको भन्दै २० जना उम्मेदवारले निर्वाचन प्रक्रिया नै अस्वीकार गरेका छन् । शुक्रबार उनीहरुले पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया बहिष्कार गरेको घोषणा गरेका हुन् ।
नेताहरू हर्कबोल राई, शकुन्तला राजभण्डारी, पूर्व जिल्ला कमिटी अध्यक्ष तथा पूर्वमेयर मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेताहरूले पत्रकार सम्मेलन गरी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विधिसम्मत प्रक्रियामा जान आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष श्रेष्ठले प्रतिनिधि छनोटका क्रममा निर्वाचन समितिले पक्षपातपूर्ण गतिविधि र केन्द्रको परिपत्रलाई अवज्ञा गरेको गुनासो गरे ।
उनीहरुले ओखलढुङ्गाबाट एमाले महाधिवेशनमा १२ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा केही नेताले बलपूर्वक लिस्ट टाँस्ने र केन्द्र तथा प्रदेशको निर्देशन तथा पालिका कमिटीहरूको संस्थागत आग्रहलाई पनि बेवास्ता गरेपछि पार्टीमा गलत प्रवृत्ति स्थापित हुन नदिन यो कदम चाल्नुपरेको श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण