नक्कली नोटसहित तीन युवक पक्राउ
सारांश
- रौतहटमा सशस्त्र प्रहरीले नक्कली नोटसहित तीन युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा देवाही गोनाही र भारतका युवकहरू छन्।
- प्रहरीले एक हजार दरका ११७ थान नक्कली नोट बरामद गरेको छ।
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले एकहजार दरको ११७ थान नेपाली नक्कली नोटसहित तीनजना युवकलाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ लतमरी स्थित सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन जना युवकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट खटिएको टोलीले मंगलवार अपराह्न ४ बजे भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३ रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक हजार दरका ११७ थान नक्कली नेपाली नोट बरामद गरेको हो।
नक्कली नोटसहित पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल, र भारत, बिहार जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत–२ का २३ वर्षीय जय प्रकाश कुमार रहेको एसपी अधिकारीले जानकारी दिएका छन्।
बरामद नक्कली नोटसँगै मोटरसाइकल चालक र साथमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण