केन्द्रीय कार्यालय पुनर्निर्माण गर्न पार्टी संरचनालाई कांग्रेसले तोक्यो आर्थिक सहयोगको रकम
सारांश
- नेपाली कांग्रेसले भदौमा भएको आन्दोलनमा ध्वस्त भएको केन्द्रीय कार्यालय पुनर्निर्माण गर्ने भएको छ।
- पार्टीले तल्ला संरचनाबाट आर्थिक सहयोग उठाउने र रकम तोकेर परिपत्र समेत गरेको छ।
- महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई रकम तोकिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि पार्टीका तल्ला संरचनाबाट आर्थिक सहयोग उठाउने भएको छ ।
पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यालय पुनर्निर्माण गर्नका लागि भन्दै सहयोग रकम तोकेरै परिपत्र गरेका छन् ।
परिपत्रमा बैकको खाता नम्बरसमेत दिइएको छ । रातोपाटीलाई प्राप्त परिपत्रको विवरणअनुसार व्यक्तिगत रूपमा महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र पार्टीका तर्फबाट उम्मेदवार भई स्थानीय तहका विभिन्न पदमा निर्वाचितका लागि पनि पत्रमा रकम तोकेर पठाइएको छ ।
‘पार्टीको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग सम्बन्धमा’ शीर्षकको पत्रमा तोकिएको रकम यस्तो छ–
१) प्रदेश कार्यसमिति – ५ लाख
२) जिल्ला कार्यसमिति
(क) एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूसँग – ३० हजार
(ख) दुई भन्दामाथि ४ निर्वाचन क्षेत्रसम्म भएका जिल्लाहरूसँग – ५० हजार
(ग) चार भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूसँग – ७५ हजार
३) प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति – ३० हजार
४) प्रदेशसभा क्षेत्रीय कार्यसमिति – २० हजार
५) महानगरपालिका कार्यसमिति – २० हजार
६) उपमहानगरपालिका कार्यसमिति – १५ हजार
७) नगरपालिका कार्यसमिति – १० हजार
८) गाँउपालिका कार्यसमिति – ५ हजार
९) वडा कार्यसमिति २ हजार
पत्रमा उल्लेख भएको व्यक्तिगत रूपमा उपलब्ध गराउनुपर्ने रकम
१) महाधिवेशन प्रतिनिधि (प्रतिव्यक्ति) ३ हजार
२) प्रदेश अधिवेशन प्रतिनिधि (प्रतिव्यक्ति) १ हजार
३) क्रियाशील सदस्यबाट भवन निर्माणका लागि (एक पटकका लागि) १५०
४) नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष महानगर/महानगर/महानगर प्रमुख उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख – एक महिनाको पारिश्रमिक
५ सदस्यीय समिति बनाउन निर्देशन
पत्रमा आर्थिक सहयोग जुटाउनका लागि ५ सदस्यीय समिति बनाउन पनि निर्देशन दिइएको छ । प्रदेश र जिल्लामा ५ सदस्यीय समिति बनाउन उल्लेख गर्दै पत्र पठाइएको हो । पत्रमा समितिमा प्रदेश र जिल्ला सभापति संयोजक, कोषाध्यक्ष सदस्य अन्य ३ जना सदस्य बनाउन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण