अपडेट
नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक भण्डारी पनि पक्राउ
बुधबार, १७ मङ्सिर २०८२, १४ : ३९
सारांश
- अख्तियारले नागरिक उड्डयन प्राधिकरणका पूर्वकर्मचारी मुरारी भण्डारीलाई पक्राउ गरेको छ।
- भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको हो।
- अख्तियारले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वकर्मचारी भण्डारीलाई विशेष अदालतमा उपस्थित गराएको छ।
काठमाडौँ । अख्तियारले नागरिक उड्ययन प्राधिकरणका पूर्वकर्मचारी मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ । भण्डारी क्यानका पूर्वनिर्देशक हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई पक्राउ गरेर विशेष अदालतमा उपस्थित गराएको अख्तियारका एक जना आयुक्तले रातोपाटीलाई जानकारी दिए । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा उनीहरुले अनियमितता गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
दुवै जनालाई अहिले बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएको छ । उनीहरु विरुद्ध आज अभियोग पत्र दायर गरिने अख्तियार स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण