अपडेट
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
बुधबार, १७ मङ्सिर २०८२, १४ : ०४
सारांश
- अख्तियारले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ।
- अख्तियारले उनलाई विशेष अदालतमा उपस्थित गराएको छ।
- अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दाको अभियोगपत्र दायर हुँदैछ।
काठमाडौँ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।
अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए । आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्दैछ ।
कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण