विराटनगरविरुद्ध लुम्बिनीले सुरुमा बलिङ गर्ने, डुप्लेसी आज मैदानमा
बुधबार, १७ मङ्सिर २०८२, १५ : ३९
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्सविरुद्ध राष्ट्रिय टिमका कप्तानसमेत रहेका लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
सोमबार नेपाल आइपुगेका विराटनगरका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी पनि आज विराटनगरबाट खेल्ने भएका छन् ।
लुम्बनीले जारी एनपीएलमा दुई मात्र जित निकालेको छ । विराटनगर भने तालिकाको तेस्रो स्थानमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण