राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट
बुधबार, १७ मङ्सिर २०८२, १६ : १७
सारांश
- अर्थमन्त्री र कानुनमन्त्रीले राष्ट्रियसभाका अध्यक्षसँग भेटवार्ता गरे।
- भेट सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको थियो।
- भेटमा सभाकक्ष निर्माण, समन्वय र सहकार्यबारे छलफल भयो।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेका उनको सचिवालयले जानकारी दिएकाे छ। भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद बिचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएकाे जनाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण