जन्ममिति संशोधन प्रकरणमा सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
बुधबार, १७ मङ्सिर २०८२, १७ : २९
सारांश
- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार सर्वोच्च अदालतमा गएको छ।
- विशेष अदालतले सफाइ दिएपछि अख्तियारले जन्म मिति संशोधन र किर्तेको अभियोगमा पुनरावेदन गरेको हो।
- सिलवालले झुटा विवरण पेस गरेर नियुक्ति लिएको र उमेर ढाँटेको आरोप लागेको छ।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।
पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोग लगाइका सिलवाललाई विशेष अदालतले सफाइ दिएपछि यसविरुद्ध अख्तियार सर्वोच्च अदालतमा गएको हो ।
सिलवालविरुद्ध अख्तियारले झुटा विवरण पेस गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा लगाउँदै गत मङ्सिर २४ रिट दर्ता गराएको थियो ।
२०८० मै साउन १५ गते नै अवकाश हुनुपर्नेमा उमेर ढाँटेर जागिर खाएको जिकिर गर्दै उनी विरुद्ध सो अवधिको तलब तथा सुविधा फिर्ताको माग दाबी समेत गरिएको थियो ।
तर गत फागुनमा विशेष अदालतले गत फागुनमा सिलवाललाई सफाइ दिएको थियो । विशेषले सफाइ दिँदा लिएको आधार नमिलेको भन्दै अख्तियारले पुनरावेदन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण