डु प्लेसिसलाई मैदान उतारेको विराटनगरको मध्यम लक्ष्य, अन्तिम बलमा सन्दीपको छक्का
सारांश
- विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ।
- विराटनगरका फाफ डु प्लेसिस र जर्ज मुन्से सस्तैमा आउट भए।
- लुम्बिनी लायन्सका शेर मल्लले तीन विकेट लिए भने विराटनगर तालिकाको तेस्रो स्थानमा छ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई मध्यम लक्ष्य (१४५ रन) दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले अनुभवी खेलाडी फाफ डु प्लेसिसलाई मैदानमा उतारे पनि उच्च स्कोर खडा गर्न सकेन । टोलीका ओपनरद्वय जर्ज मुन्से र डु प्लेसिस दुवै सस्तैमा समेटिए । मुन्सेले रनको खाता नै खोल्न नसक्दा डु प्लेसिस १२ रन बनाएर अविशेष गौतमको बलमा स्टम्पिङ आउट भए ।
दुई ओपनरलाई चाँडै गुमाए पनि विराटनगरका मध्यक्रमका ब्याटरले केही समय धैर्यता देखाए । तर ४२ बलमा ३५ रन बनाएका लोकेश बम आउट भएपछि मध्यक्रम धर्मरायो । अस्ट्रेलियाली ब्याटर साम हेजलेटले २० बलमा २७ रन बनाए । त्यसलगत्तै नारायण जोशीले ७ बलमा ५ रन र प्रतीश जीसीले ९ बलमा ११ रन मात्र बनाएर रन आउट भए ।
इनिङको अन्त्यतिर बसिर अहमदले १९ बलमा २८ रनको महत्त्वपूर्ण योगदान दिँदै विराटनगरको योगफल उकासे । नामिबियामा रुबेन ट्रम्पलमानको बलमा उनी क्याच आउट भए । त्यस्तै अन्तिम बलमा सन्दीप लामिछानेले छक्का प्रहार गरे ।
लुम्बिनी लायन्सका बलर शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै आज तीन विकेट लिन सफल भए । उनले पूरा ओभर बलिङ गर्दै ६.२५ को इकोनोमीमा २५ रन खर्चे । जेजे स्मिथ र अविशेष गौतम तथा ट्रम्पलमानले पनि समान एक–एक विकेट लिए ।
विराटनगर किंग्सको यो लिगमा छैटौँ खेल हो । चार खेलमा जित निकालेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । उता पहिलो खेलमा जित निकालेको लुम्बिनी लायन्सले हालसम्म दुई जित मात्र दर्ता गर्न सकेको छ । लुम्बिनीले पनि आज आफ्नो छैटौँ खेल खेल्दै छ । तीन खेलमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण